• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

चेल्सीका प्रशिक्षक युभेन्टस जाने तयारीमा

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १०:५४

गौरब । युरोपा लिग च्याम्पियन चेल्सीका प्रशिक्षक माउरीजियो सारीले युभेन्टससँगको सम्झौता सोमबारसम्म फाइनल गर्ने भएका छन । चेल्सीलाई युरोपा लिगको उपाधि दिलाउदै अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट गराएका सारीको स्ट्याम्फोर्ड ब्रिजको बसाई सोमबारसम्म छिनोफानो हुने भएको छ ।

इटालीयन प्रशिक्षक फेरी घरेलु क्लवलाई सम्हाल्नका लागि तयार रहेका छन । उनले चेल्सीको बोर्डमा युभेन्टस जाने कुरा बताइसकेका छन । शुक्रबार भएको बैठकमा सारीले आफुले क्लव छोड्ने जानकारी गराएका हुन ।

Kamana Sewa

सारीले युभेन्टससँगको सम्झौता अन्तिम चरणमा पुगेको बताउदै सुरुवातमा तीन बर्षका लागि अनुबन्ध हुन लागेको समेत बताए । युभेन्टसले चेल्सीलाई रकम बुझाउने वितिक्कै उनी इटालीमा आवद्ध हुने भएका छन ।

Classic Tech Desktop

चेल्सी क्लवले सारीको स्थानमा कसलाई ल्याउने भन्ने गृहकार्य सुरु गरिसकेको छ । जसमा पहिलो नम्वरमा पूर्व खेलाडी तथा चेल्सीका लेजेन्ड फ्रांक लाम्पार्डको नाम आएको छ । यस्तै चेल्सीका पूर्व मिडफिल्डर र्जो्गिन्होको नामपनि प्रशिक्षकको सूचीमा रहेको छ ।

उनलाई सारीले नै नापोलीबाट अनुबन्ध गरेका थिए । उनले सारीले क्लव छोड्नु आफ्ना लागि दुःखद हुने बताएका छन । तर मौका पाएमा त्यो जब निभाउने धारणा राखेका छन ।

प्रतिकृया