सुडानको राजधानी खार्तुमस्थित सैनिक सेनाको गोली लागेर ३० प्रदर्शनकारीको मृत्यु
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ११:२९
धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको थियो । सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि धर्नामा बस्दै आएका छन् ।
अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् । यी दुबै मुलुकले नागरिकलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दवाब दिइरहेका छन् ।

सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भएपनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।

रेडक्रसले आपत्कालिन सहयोगको आवश्यकता परेको बताएका छन् । ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सेनाले सत्ता आफ्नो हातमा लिएको छ ।
अफ्रिकी देश सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाको गोली लागेर ३० प्रदर्शनकारीको मृत्यु भएको छ ।




प्रतिकृया