• २३ भदौ २०८३, मंगलबार
  • ८ः०८ राती

ट्राफिक प्रहरीले निर्धारण गर्यो कलंकी-कोटेश्वर सडकमा सवारी साधनको गति सिमा

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार १०:४७

ट्राफिक प्रहरीले चक्रपथस्थित नयाँ बनेको कलंकी-कोटेश्वर सडकमा सवारी साधनको गति सिमा निर्धारण गरेको छ । धेरै र्दुघटना भएपछि उक्त सडकखण्डमा ट्राफिक प्रहरी महाशाखाले सवारी साधनको गति सीमा तोकेको हो।

National Life

ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी कोटेश्वर सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको हो।

आइतबारमात्रै धोबीघाटमा स्कोरपियो, पिकअप भ्यान र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको थियो।
सोमबार देखि लागू हुने गरी उक्त गति सीमा निर्धारण गरिएको महाशाखाले जनाएको हो ।

Classic Tech Desktop

तोकिएको गतिभन्दा बढी गतिमा सवारी साधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४(६) बमोजिम कारबाही हुने महाशाखाले बताएको छ।

उक्त दफामा चालक अनुमति पत्र, बाटो इजाजतपत्र (रुट परमिट) वा यातायात सञ्चालन अनुमति पत्र खारेज गर्न सक्ने उल्लेख छ।

प्रतिकृया