• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

अस्पताल बाहिर बिचौलियाको काम गरेको अभियोगमा २ जना पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार १०:०९

धनुषा ।
जनकपुर उपमहानगरपालिका-१० जनकपुरधामस्थित जनकपुर अञ्चल अस्पताल बाहिरको परिसरमा बिचौलियाको काम गरेको अभियोगमा सिरहा, सिरहा नगरपालिका-११ घर भएका हाल जनकपुर वस्ने २५ वर्षीय संजय कामती र सोही उपमहानगरपालिका-१० बस्ने ३५ बर्षीय मनोज यादवलाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त अस्पतालको परिसर बाहिर बसेर उपचारको लागि आउने बिरामीहरुका आफन्तलाई बिच बाटोमा रोकी जबरजस्ती अन्यन्त्र क्लिनिकमा लैजान लगाई कमिसन लिने तथा बिरामी र बिरामीको आफन्तलाई अनावश्यक दुस्ख दिने गरको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Kamana Sewa

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया