• २२ भदौ २०८३, सोमबार
  • ११ः२९ राती

सर्लाहीमा अवैध लागूऔषध गाँजा सहित २ पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०२:३३

सर्लाही ।
बिष्णु गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा ४ केजी सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कौडेना गाउँपालिका-७ लक्ष्मीपुर सुखचैना बस्ने २० वर्षीय अजय मिश्र र सोही ठाउँ बस्ने २० वर्षीय विवेक साह रहेका छन् ।

National Life

कौडेनाबाट भारततर्फ जाँदै गरेको बिआर ३० टि ७४१९ नम्बरको मोटरसाइकल सिमा प्रहरी चौकी फेन्हरा सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्किभित्र लुकाइछिपाई ल्याएको उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमध्ये अजय मोटरसाइकल चालक हुन भने विवेक मोटरसाइकलमा सवार थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया