• २१ असोज २०८३, बुधबार
  • २ः४५ दिउँसो

सडक दुर्घटनामा ४ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार ०३:४८

काठमाडौं, करिब ९ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु  भएको छ । बुधबार दिउसो १५स्२० बजेदेखि २३स्३० बजेसम्मको सो अवधिमा धादिङ, दाङ, रुपन्देही र कैलालीमा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।दुर्घटनामध्ये धादिङथाक्रेगाउँपालिका(१खयरघारीस्थित सडकमा सुनौलीबाटकाठमाडौतर्फ आउँदैगरेकोबा।१प१३६३नम्बरको बसरकाठमाडौंबाटकेरुङतर्फजाँदैगरेकोना।५ख८०६८नम्बरको कन्टेनरएक(आपसमाठक्करखाई दुर्घटना हुँदा बस सडकबाटकरिब २ सय मिटरतलमहेशखोलामाखस्दाबसचालकलम्जुङघरभएका२८ वर्षीय हरिन्यौपानेकोघटनास्थलमै मृत्युभएको छ । दुर्घटनामा घाइते भएका अन्य ११जनालाई उपचारको लागि ट्रमासेन्ट्रर काठमाडौं लगिएको छ ।

National Life

यसैगरी दाङतुलसिपुर उपमहानगरपालिका(६ गुम्राचोकस्थित सडकमा रा।२ प १९१७ नम्बरको मोटरसाइकललाई रा।१ त २८२९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका(११ बेल टाकुराबस्ने २२ वर्षीय भक्त बहादुर पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुगौरा बस्ने २७ वर्षीय देबु दहितलाई राप्ती प्रादेशिक अस्पताल तुलसिपुर हुँदै थप उपचारको लागि नेपालगंज पठाइएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देहीतिलोत्तमा नगरपालिका(१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गमा हाल नम्बर नखुलेको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर,वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । फरार गाडीको प्रहरीले खोजी गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी कैलालीगोदावरी नगरपालिका(७ हरैया चौकस्थित सडकमा से।७ प। ६७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५५ वर्षीया इन्द्रा भुललाई उपचारको लागि मेडिकल कलेज कोहलपुर हुँदै भारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

प्रतिकृया