• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

महिला अधिकारको सदैब सुनिश्चिता हुने र समस्या को छिटै समाधान हुने प्रतिबद्दता पनि जायर गर्छौ : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार ०२:५९

उत्सब बजगाईं ,प्रधानमन्त्री केपी र्शर्मा ओलीले गर्वका साथ हामी बिकसित राष्ट्र भन्दा महिला अधिकारका बिषयमा अग्र स्थानमा छौ भन्दै पहिलो राष्ट्रिय महिला अधिकार दिबशको उद्घाटन गदै महिला अधिकारको सदैब सुनिश्चिता हुने र समस्या को छिटै समाधान हुने प्रतिबद्दता पनि जायर गर्नु भएको छ ।

महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा नेपालले राम्रो गरेको प्रधानमन्त्री ओलीले दावी गरे । ‘अहिले हामी ४० प्रतिशत महिला सहभागिता छ भनेर छाती फुलाएर भन्न सक्छौं, मुख्य कुरा सामाजिक जागरण बढेको छ’ उनले भने ।

Kamana Sewa

२०६३ जेठ १६ गते प्रतिनिधिसभाबाट ३३ प्रतिशत महिला सहभागिता, आमा वा बुबाको नामबाट नागरिकता, महिला विरोधी कानून खारेजलगायत विषय समेटेर तत्कालिन सांसद विद्यादेवी भण्डारीले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको थियो ।

Classic Tech Desktop

नेपालमा अवसर पाएको ठाउँमा महिलाले क्षमता देखाएका पनि प्रधानमन्त्री ओलीले बताए । ‘जहाँ दिदीबहिनीले मौका पाएका छन्, त्यहाँ आफ्नो क्षमता देखाएका छन्, पदचिह्न देखाएका छन्’ उनले भने ।

त्यसै दिनको सम्झनामा यस वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव पेश गर्ने हालका राष्ट्रपति भण्डारीलाई धन्यवाद दिँदै सबैलाई दिपावली गर्न आग्रह गरे ।

प्रतिकृया