• ४ साउन २०८३, सोमबार
  • १:५७ बिहान

दुई अभियान्ता मोटरसाइकलमा सरर

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार १२:०५

देशका दुई ढुकढुकी र देशभक्त र गरिब दिन दुखीका साहाराको प्रतिक का रुपमा परिचित दुई ब्यक्तित्वको आभार अपरमपार छ । बयान गरि साध्य नै छैन ।।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो अभियान्ता नामले परिचित छन् । दैनिक १८ घण्टा सम्मको लोडसेडिङको अन्त्य गरी देशलाई लोडसेडिङमुक्त गराएका कुलमान सालिन स्वभाव र बेलाबेला आउने अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् ।

गत जेठ २ गते नुवाकोटको पैरबेसीमा त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका उनले काम रोकेका स्थानीयलाई गाली गरेपछि चर्चामा आए । केही दिनअघि संसदीय समितिको छलफलमा भ्रष्टाचार प्रमाणित गरिदिए आत्महत्या गर्ने चेतावनी दिएपछि प्रशंसाको पात्र बने ।

Kamana Sewa

पछिल्लो समय चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालामा अवलोकन गर्न मोटरसाइकलमा गएको तस्बीर सार्बजनिक भएपछि फेरी प्रशंसाको पात्र बनेका छन् ।

Classic Tech Desktop

तस्बीरमा भुकम्पपछि थलिएका दुईवटा बस्ती र एउटा मुसहर बस्ती बनाएका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलसँगै अन्य दुईजना व्यक्ति पनि छन् । रंगशाला निर्माणस्थल घुम्दा उनी मोटरसाइकलमा बसेका थिए ।

गुडिरहेको मोटरसाइकल पछाडि बसेर हाँसिरहेको तस्बीर सीताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो फेसबुक पेजमा सार्बजनिक गरेका हुन् । तस्बीर सार्वजनिक गर्दै कट्टेलले लेखेका छन्, ‘यात्रा जारी छ, उज्यालो अभियन्ता आदरणीय कुलामान घिसिङज्यूसँग रङशाला निर्माणस्थलतर्फ बढ्दै गर्दा ।’

प्रतिकृया