भक्तपुरमा मोटरसाइकल चोरी गर्ने एक समुह पक्राउ
प्रकाशित मिति
२०७६ जेष्ठ १५ गते, बुधबार ११:०९
भक्तपुर । भक्तपुरमा मोटरसाइकल चोरी गर्ने एक समुह पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकलहरुको खोजी तथा अनुसन्धान गर्दै जाने क्रममा ती समुहलाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेहरुमा रामेछाप सुनापाती गाउँपालिका—६ स्थाई घर भई हाल काठमाडौं बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका—५ फेदीगुठ स्थाई घर भई हाल काठमाडौं बौद्ध जारपाटी वर्ष १९ वर्षीय प्रविन बरुवाल रहेका छन् ।
त्यस्तै अन्य ओखलढुंगा सुनकोशी गाउँपालिका—३ सिस्नेरी बस्ने २७ वर्षीय प्रेम बहादुर कटवाल, खोटाङ खोटेहाङ गाउँपालिका—९ स्थाई घर भई हाल त्रियुगा नगरपालीका—३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक साबिक स्याउले—७ हाल चौतारा साँगाचोकगढी नगरपालिका—१ स्याउले बस्ने ३१ वर्षीय उमेश तामाङ र ओखलढुंगा सुनकोशी गाउँपालिका—२ कोटबेशी बस्ने २२ वर्षीय भिजन कार्की रहेका छन् ।
भक्तपुर सूर्य्विनायक नगरपालीका—५ सल्लाघारीबाट विजय मानन्धर र प्रविन बरुवालको साथबाट वास्तविक नम्बर प्रदेश ३–००२–००४ प ६४७१ परिवर्तित नम्बर बा९८प७३९४ भएको १५५ सिसिको च्ज्ञछ खघ मोटरसाइकल बरामद भएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगा संग समन्वय गरी प्रतिवादी प्रेम बहादुर कटवालले प्रयोग गर्दै आएको वास्तविक नम्बर प्लेट प्रदेश नं. ३–०२–००१ प७४७९ परिवर्तित नम्बर प्रदेश ३–०२–००२ प २६३८ भएको २२० सिसिको पल्सर मोटरसाइकल बरामद भएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरपुर संग सम्मन्वय गरी प्रतिवादी सुरेश राईले प्रयोग गर्दै आएको वास्तविक नम्बर प्लेट ग१५प१८९८ परिवर्तित नम्बर बा९८प७९६३ को २०० सिसिको मोटरसाईकल बरामद भएको छ ।

महानगरीय प्रहरी वृत्त वौद्ध काठमाडौंसंग सम्मन्वय गरी प्रतिवादी प्रविन बरुवालको डेरा कोठामा राखिएको वास्तविक नम्वर प्लेट बा९८प५५१३ परिवर्तित नम्बर प्रदेश ३–०२–००३ प ४३८६ नम्बरको २५० सिसिको मोटरसाइकल बरामद भएको छ ।
यसैगरी बा८०प४५४१ नं.को रातो रङको अपाचे २०० सिसिको मोटरसाइकल जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका—५ बाट नं. परिबर्तन गरी बा७८प५१६६ नं. बनाई उमेश तामाङले चलाइरहेको अवस्थामा पक्राउ परेको हो ।
बा९५प९३८६ नं.को कालो रङको २२० सिसिको पल्सर मोटरसाइकल जिल्ला ओखलढुंगा सिद्धिचरण नगरपालिका—११ बाट उक्त मोटरसाईकलको नं. परिवर्तन गरी बा९९प३३७४ बनाई भिजन कार्कीले चलाईरहेको अवस्थामा पक्राउ परेको हो।
उनीहरुबाट बरामद भएका मोटरसाइकल र उनीहरुको अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ । साथै मोटरसाइकल चोरी गरी बिक्रीवितरण गर्ने अन्य फरार रहेकोले उनीहरुको खोजतलास भईरहेको प्रहरीले बताएको छ ।





प्रतिकृया