क्रिकेट विश्वकपको घटना
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १२:३८
जेठ १४ ।
सन् २००३ को विश्वकप, दक्षिण अफ्रिका, केन्या र जिम्बावेले संयुक्त रुपमा आयोजना गरिरहेका थिए । विश्वकपको सुरुवातमा नै विवाद भइरहेको थियो । जसमा इंग्ल्याण्डले जिम्बावे र न्यूजिल्याण्डले केन्यासँग खेल्न अस्विकार गरेका थिए ।
प्रतियोगिताको समुह चरण र सुपरसिक्सका खेलहरु लगायत केहि खेल व्यापारका हिसावले खराव रहेका थिए ।
यतिमात्र होइन विश्वकपमा समुह बी बाट दक्षिण अफ्रिका र वेष्ट इन्डिज सुरुवातमा नै आउट भए भने केन्या नखेलेर नै अंक बटुल्दै सुपरसिक्समा पुग्न सफल भयो । दोस्रो तिर समुह ए बाट इंग्ल्याण्ड र पाकिस्तानलाई पछि पार्दे जिम्बावे सुपरसिक्समा पुग्यो ।
सो विश्वकपमा प्रतियोगिताकै ठुलो विवाद विश्वकप सुरु भएको दुई दिन मै देखियो । अष्ट्रेलियाले पाकिस्तान विरुद्ध पहिलो खेल खेलेको थियो । खेल भन्दा अगाडी स्टार स्पिनर सेन वार्नको ड्रग टेष्ट भयो । जसमा उनी पोजेटिभ देखिए । उनले प्रतिबन्धित औषधी प्रयोग गरेको प्रमाणित भएपछि प्रतियोगिताबाट बाहिर पठाइयो । साविक विजेताका रुपमा प्रतियोगिता खेलिरहेको अष्ट्रेलियाका लागि यो निकै ठुलो झट्का थियो ।

वार्नको पिसावमा मोडुरेटिक औषधी पाइयो । क्रिकेट अष्ट्रेलियाले पनि पत्रकार सम्मेलन गरेर वार्नलाई तुरुन्त फिर्ता बोलाउने निर्णय गर्यो । क्रिकेट अष्ट्रेलिया वार्नको यो घटनालाई पदाधिकारी र कप्तान रिकी पोन्टिङसँग बताएको थियो । तर पोन्टिङले पछि वार्नको डिफेन्ड गर्दै एक दशक देखि क्रिकेट खेलिरहेका वार्नका विरुद्ध यस्तो रवैया अपनाउनु गलत भएको बताए ।

ड्रग टेष्टमा फेल भएपछि वार्न विश्वकपको विचमा नै स्वदेश फर्किए । उनले स्वदेश पुगेर मिडियालाई आफुले कुनै प्रतिबिन्धत औषधी नलिएको बताए । साथै उनले टेष्टमा पोजेटिभ देखिदा आफु नै चकित परेको बताएका थिए । पछि उनले आफ्नो आमाको सल्लाहमा तौल घटाउने औषधी लिएको बताएका थिए ।
यता टिमले सो विश्वकपमा सबै ११ खेल जित्दै तेस्रो पटक विश्वकपको उपाधि जित्न सफल भयो । जसमा फाइनलमा भारतलाई हराएको थियो ।




प्रतिकृया