• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

संसारकै कान्छो देश

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १२:३३


एजेन्सी । के तपाईलाई विश्वकै कान्छो देशबारे थाहा छ रु १३ अप्रिल २०१५ मा जन्मिएको यो देशको कुल क्षेत्रफल ७ वर्गकिलोमिटरमात्रै रहेको छ । लिबरल्याण्ड नाम दिइएको यो देशलाई अन्तराष्ट्रिय समर्थन प्राप्त नभएपनि यसको चर्चा भने संसारभर नै भएको छ । यो देश सर्बिया र क्रोएसियाबीचमा डेन्यूब नदीको पश्चिमी तटमा रहेको छ । यसलाई नमुना देशको रुपमा विकास गर्ने लक्ष्य छ ।

युगोस्लाभ युद्धपछि केही भूभाग विवादित रुपमा रहेको थियो र त्यो क्षेत्रलाई पछिल्लो समयमा कुनैपनि देशले दाबी गरेका थिएनन् । यस भूभागलाई संसारका कुनैपनि देशले आफ्नो सीमाभित्र नसमेटेपनि अहिले आएर भने ती देशहरुले सीमा बन्द गरेका छन् ।ष्खिभचबिलम चेक नागरिक विट जेडलिकाले उक्त भूभागलाई १३ अप्रिल २०१५ मा नयाँ देश घोषणा गरेका हुन । उक्त देशको मूल मन्त्र नै ‘बाँचौ र बाँच्न दिऔं’ त्य ष्खिभ बलम भित ष्खिभ रहेको छ ।

Kamana Sewa

लिबरल्याण्ड मोनाको र भ्याटिकन सिटीभन्दा क्षेत्रफलका हिसाबले ठूलो रहेको छ । भ्याटिकन सिटीमा जस्तै कुनैपनि सेना नरहने घोषणा गरिएको उक्त देशमा चेक र अंग्रेजी भाषालाई मान्यता प्रदान गरिएको छ । को हुन् विट जेडलिक रु विट जेडलिका चेक गणतन्त्रको मेम्बर अफ कञ्जरभेटिव पार्टी फर फ्रि सिटिजनका सदस्य हुन् । चेक गणराज्यमा उनी ट्याक्स फ्रि कानुनको पक्षमा वकालत गर्दथे । त्यसबेला आफैले त्यस्तो राज्य बनाउन भन्दै उनको मजाक उडाउने धेरै थिए । उनलाई यस क्षेत्रबारे जानकारी भएपछि नयाँ देशको रुपमा घोषणा गरिदिएका हुन् । मुद्रा र कानुन उक्त देशले अहिले धेरै मुद्राहरुलाई चलाउनका लागि मान्यता दिएको छ । एक अधिकारीले ‘क्रिप्टोकरेन्सी’ प्रणालीलका लागि योजना बनाइरहेका छन् । लिबरल्याण्डले निश्चित कानुनको मस्यौदा संस्करण प्रकाशित गरेको छ र एक सूची संविधानको रुपमा सामेल गरेको छ ।

Classic Tech Desktop

यसमा कार्यपालिका, विधायिका र न्यायपालिकाको व्यवस्था छ । उक्त देशमा हत्या, चोरीलाई आम अपराधको रुपमा राख्नुका साथै प्रदुषण फैलाउने र सार्वजनिक उपद्रवमा सहभागी हुनेलाई अपराधिक सूचीमा राखिनेछ । ष्दिभचबिलम(घ नागरिक बन्नलाई निम्तो उक्त देशमा सुरुमा बढीमा ५ हजार जनसंख्या रहने अनुमान गरेर विट जेडलिकाले लिबरल्याण्डको नागरिक बन्न आवेदन खुलाएका थिए । तर अनलाईन आवेदन खुलेपछि त्यहाँको नागरिक बन्नका लागि दशौं हजारले आवेदन दिएका थिए । लिबरल्याण्डको नागरिक बन्न कम्युनिष्ट, नाजी र चरमपन्थीले पाउने छैनन् । उनीहरुलाई पछि सोही आधारमा नागरिकता दिइनेछ । नर्वेले उक्त देशलाई मान्यता दिएको छ । अन्य देशहरुले भने अहिलेसम्म मान्यता दिएका छैनन् । जेडलिका उक्त देशका वर्तमान राष्ट्रपति हुन् । उनले अनलाईन चुनावमार्फत सर्वस्वीकार्य सरकार बनाउने घोषणा गरेपनि आफैले बनाएको देशमा जाने क्रममा २ पटक क्रोएसियामा गिरफ्तार भइसकेका छन् ।

प्रतिकृया