ग्लोबल कलेज लगायत ३ संस्था ‘वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेसन’ द्वारा सम्मानित
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १२:१७
जेठ, काठमाडौं
ग्लोबल कलेज इन्टरनेसनल वर्ल्ड बुक रेकर्डमा सूचीकृत भएसँगै ‘वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेसन’ ’द्वारा सम्मानित समेत भएको छ । ग्लोबल कलेजसँगै बाबा एजुकेसन कन्सलटेन्सी, इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी र फ्लाइटेक इन्टरनेसनल वर्ल्ड बुक अफ रेकर्डमा सूचीकृत भई सम्मानित भएका छन् ।

बरिष्ठ समाजसेवी एवम् उद्यमी इन्दिरा सापकोटाको प्रमुख आतिथ्यता ,वर्ल्ड बुक अफ रेकर्ड नेपाल का अध्यक्ष सागर कट्वाल एवम् विशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो। वर्ल्ड बुक रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले कलेजका संस्थापक अध्यक्ष खगेन्द्र ओझालाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्ट्फििकेसनको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। ओझाले व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गरेको बताउँदै आगामी दिनमा गुणस्तरलाई अझ परिष्कृत गर्दै लैजाने बताउनुभयो । साथै ग्लोबल कलेज का प्रबन्ध निर्देशन डा .करण सिंह ठगुन्नाले स्ट्यान्डराइजेसन सर्टिफिकेसन द्वारा सम्मानित गरेकोमा धन्यवाद ब्यक्त गर्दै यो अगाडि बढने पहिलो खुडकिलो हो र अब आगामी बर्षहरुमा थप उचाईमा पुगने लक्ष्यका साथ अघि बढने बताउनुभयो ।

वर्ल्ड बुकमा रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले शैक्षिक क्षेत्रमा अब्बल र गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै वर्ल्ड बुकमा रेकर्ड गरिएकोे बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘वर्ल्ड बुक अफ रेकर्ड गुणस्तर मापन गर्ने विभाग हो । यसले कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिने संस्थाको मूल्यांकन गरी वल्र्ड स्ट्यान्डराइजेसन सर्ट्फििकेसनद्वारा विभूषित गर्ने कार्य गर्दैआएको छ ।’ उहाँले केहि दिन अगाडि द्धारिका होटल र ड्रागन लाई पनि वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेसन द्धारा सम्मान गरेको स्मरण गराउनुभयो ।
यसअघि वल्र्ड बुक रेकर्डमा बुद्धको जन्मथलो लुम्बिनी र पशुपतिनाथ मन्दिर पनि सूचीकृत भएका थिए। इंग्ल्यान्डमा स्थापित वर्ल्ड बुक रेकर्डको अस्ट्रेलियालगायत ७० देशमा शाखा छन् । एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, सांस्कृतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संघसंस्थालाई सूचीकृत गर्दै आएको छ।
‘वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेसन’ द्वारा सम्मान गरिएको उक्त अवसरमा सम्पूर्ण संस्थाका सञ्चालक एवम् पद्धाधिकारीहरुलाई वेलायत सांसद श्री विरेन्द्र शर्मा, वर्ल्ड बुक अफ रेकर्ड लण्डनका अध्यक्ष डा । दिवाकर शुकुल , वर्ल्ड बुक अफ रेकर्ड का अध्यक्ष श्री सन्तोष शुक्ला , वर्ल्ड बुकमा रेकर्ड नेपालका अध्यक्ष सागर कटवाल लगायत नेपाल र बेलायतका विशिष्ट व्यक्तिहरुद्धारा बधाई ज्ञापन गरिएको थियो ।
बरिष्ठ समाजसेवी एवम् उद्यमी इन्दिरा सापकोटाले बिभिन्न शैक्षिक तथा उद्यमी कुरा मा जोड दिदै सम्मानीत सबैमा शुभकामना ब्यक्त गर्नुभयो ।




प्रतिकृया