• २६ भदौ २०८३, शुक्रबार
  • २ः१७ राती

प्रधानमन्त्रीको राजीनामा माग्दैमा तत्काल नयाँ सरकार बन्ने संभावना छैनः बिमलेन्द्र निधि

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०६:०७

झापा : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय तत्काल नयाँ सरकार बन्ने संभावना नरहेको नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले बताएका छन्। उनले जनता समाजवादी पार्टीले नयाँ सरकारमा आउनका लागि स्पष्ट कुरा नराखेकाले नयाँ सरकार निर्माण अन्यौलमा परेको बताए।

National Life

 

नेपाल प्रेस युनियन झापा शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै कांग्रेसका उपसभापति निधिले कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गरे पनि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा गर्ने संभावना नदेखिएको बताए। निधिले भने, ‘कांग्रेसले त निर्णय गरिसकेको छ। तर माओवादीले समर्थन फिर्ता लिएको छैन। त्यसैले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन।’ तर प्रधानमन्त्री ओलीले राजीनामा नगरि वर्तमान राजनीतिक संकट किनारा नलाग्ने उनले बताए। उनले भने, ‘उहाँकै जिल्लामा आएर उहाँको राजीनामा माग गर्दछु।’

Classic Tech Mobile
Classic Tech Desktop

 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिसकेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नु पर्ने तर आजसम्म राजीनामा नदिइएकाले अचम्म लागेको उनले बताए। ‘अब त उहाँलाई कुनै पनि हालतमा प्रधानमन्त्री पदमा बस्न नैतिकताले दिँदैन,’ निधिले भने। जटिलता कायम रहे चुनाव नै अन्तिम विकल्प भएको उनले बताए। उनले भने, ‘यस्तै अवस्था रह्यो भने चुनावमै जानु पर्ने हुन्छ। त्यस्का लागि पार्टीका सबै पंक्तिलाई तयार रहन आग्रह गर्दछु।’

प्रतिकृया