• ५ साउन २०८३, मंगलबार
  • ८:२३ बिहान

अब रिक्सा धितो राखेर पनि कर्जा पाइने

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०४:४६

काठमाडौं :  मेगा बैङ्क नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरूका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैङ्क र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीनपांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरूका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो । सम्झौतामा मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।

विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो । रिक्सा चालकहरूले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ । मेगा बैङ्ककी सिइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरुलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ व्याजदरमा कर्जा उपलब्ध गराइने बताइन् ।

Kamana Sewa

नेपाल राष्ट्र बैङ्कको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैङ्कको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरुलाई मेगा बैङ्कले यो कर्जा प्रदान गर्नेछ ।

Classic Tech Desktop

प्रतिकृया