• २१ असोज २०८३, बुधबार
  • २ः३६ दिउँसो

छेस्काममा नेपाली सेना परिचालन भएको छैनः नेपाली सेना

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ०४:२४

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयासपछि प्रहरी र सेनाको टोली खटिएको भन्ने समाचारको नेपाली सेनाले खण्डन गरेको छ ।

National Life

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोलुखुम्बु घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको प्रष्ट पारेका छन् ।

उनले सेनाको टोली परिचालन भयो भनेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरुमा कुनै सत्यता नभएको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

१९ गते आइतबार राति १२ बजे ३० जना जतिको समूहमा आएका विप्लवका कार्यकर्ताहरुले प्रहरी चौकी कब्जाको प्रयास गरेपछि त्यहाँ कार्यरत सातजना प्रहरी हतियारसहित सुरक्षितस्थल तर्फ गएको स्थानीयहरुले बताएका थिए ।

सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा रहेको मोटरबाटो नपुगेको उक्त दुर्गम स्थानमा आइतबार रातभर प्रहरी चौकीमा बसेका विप्लवका कार्यकर्ता सोमबार बिहानै संखुवासभातर्फ गएको स्थानीयले बताएका छन् ।

छेस्काम प्रहरी चौकी को विषयमा समाचारमा आएजस्तो कब्जा प्रयास नभएको र अहिले अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिकृया