भक्तपुरमा वृक्षारोपण तथा पार्कको शिलान्यास हुने : मन्त्री विना मगर
प्रकाशित मिति
२०७६ जेष्ठ २० गते, सोमबार ०९:३६
भक्तपुर, २० जेठ । ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानी तथा सरसफाई मन्त्री विना मगरको प्रमुख आतिथ्यमा भक्तपुरमा वृक्षारोपण तथा पार्कको शिलान्यास हुने भएको छ । हनुमन्ते नदी सफाई अभियानको आयोजनामा आगामी बुधवार सूर्यविनायक नगरपालिका स्थित सूर्यविनायक चोकदेखी वातावरण दिवसको अवसरमा र्याली सहित वृक्षारोपण सूर्यविनायक गणेश मन्दिर तर्फ लागिने गरि कार्यक्रम तयारी गरिएको बताइएको छ । गणेश मन्दिरको बगलमा वृक्षारोपण एवं पार्क शिलान्यास गरिने कार्यक्रम समेत रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जानाकारी गराउनु भएको छ । “स्वच्छ वायु,स्वस्थ जीवन” भन्ने मूल नाराको उदघोषका साथ जेष्ठ २२ गते विहान ठीक ७ बजे सूर्यविनायक चोकमा जम्मा भई वातावरण दिवसका भब्य रुपमा मनाउने तयारी गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई भब्य र सभ्य कार्यक्रममा सम्पूर्ण भक्तपुर बासि दाजु भाइ तथा दिदी बहिनिहरू र शुभचिन्तकहरूलाई उपस्थितीको लागि आमन्त्रण समेत गरेको छ । विश्व वातावरण दिवस कार्यक्रम सूर्यविनायक नगरपालिका भित्र आफ्नै वडाको बगलमा हुन लागेकोमा खुशी व्यक्त गर्दै सो कार्यक्रमको लागि वडा एवं व्यक्तिगत तवरले पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो र निर्धारित कार्यक्रममा जनप्रतिनिधिहरु, समाजमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुयाउनु भएका व्यक्तिहरु, नागरिक समाजका अगुवा, राजनैतिज्ञ, समाजसेवी, कलाकार, पत्रकार, नेपाल सरकारको मातहतमा रहेका सुरक्षा निकाय, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा रेडक्रस, स्काउट, शिक्षकहरु, विद्यार्थी, यौगिक संस्थाहरु एवं विभिन्न सामाजिक संघ–संस्था लगायतका समाजका हरेक तह तप्काका प्रबुद्ध वर्गहरुलाई सहभागीताको लागि आहवान समेत गर्नु भएको छ । वेभ ग्रुप, कलकल ग्रुप, सोया, एक्याप नेपाल, वी फर सोसाईटी, पातञ्जल योग समिति नेपाल, नेपाल फुलबारी, नेफ्सेम्याक, जीवन विज्ञान, नेपाल रेडक्रस लगायतका संस्थाहरुको अभियानद्वरा आयोजित वातावरण दिवस कार्यक्रममा प्रत्यक्ष संलग्न रहि कार्यक्रम सफलीभुत पार्न क्रियाशिलता रहेको आयोजकले जानकारी दिएको छ ।




प्रतिकृया