• २८ भदौ २०८३, आइतबार
  • १ः३७ दिउँसो

माओवादी त्याग बादल सहितका मन्त्रीहरुको संसद सदस्यता खारेज गर्ने तयारी

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०२:०२

काठमाडौ: नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका नेताहरुलाई कारवाही गरेको निर्णय एक दुई दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ।

National Life

नेकपा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका र नेकपा भंग भएपछि पनि त्यसलाई निरन्तरता दिएका मन्त्रीहरुलाई कारवाही गर्ने तयारी माओवादी केन्द्रले गरेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एक–दुई दिनमै केन्द्रीय कमिटी बैठक बस्ने र त्यसबाट उनीहरुलाई कारवाहीको औपचारिक निर्णय गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘हामीले आफ्नो पार्टीमा फर्किनलाई आव्हान गरेको हो। आफ्नो धारणा सार्वजनिक गर्न औपचारिक आग्रह पनि गरेको हो। तर कुनै पनि जवाफ आएन। अब बैठकबाटै औपचारिक निर्णय गर्छौ।’

नेकपा रहँदा माओवादी केन्द्र पृष्ठभूमिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट ओलीको पक्षमा उभिएका थिए। ओलीको संसद विघटन गर्ने निर्णयको समर्थनमा पनि उनीहरु उत्रिएका थिए।

संसद विघटनपछि ओलीले मन्त्रीमपरिषद बिस्तारका क्रममा माओवादी केन्द्र पृष्ठभूमिका मणि थापा, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साहलाई मन्त्री बनाएका थिए। सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला सुनाए पनि उनीहरुले ओलीप्रतिको समर्थन जारी रहेको सुनाएका थिए।

फागुन २३ गते सर्वोच्चले नेकपाको दर्ता खारेज गरेपछि उनीहरुले आफ्नो सांसद पद गए पनि माओवादी केन्द्रमा नफर्कने अडान लिएका छन् । माओवादी केन्द्रले अब उनीहरु आफ्नो पार्टीमा नफर्कने निश्चित भएको निष्कर्ष निकाल्दै उनीहरुको संसद सदस्यता खारेज गर्ने निर्णय गर्न लागेको हो।

प्रतिकृया