• २८ भदौ २०८३, आइतबार
  • ९ः०५ राती

नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार १२:२०

नेपालका निर्जीवन बीमा कम्पनी लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

National Life

सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयाँ बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड-१९ लगायतका बिभिन्न कारणहरूबाट उत्पन्न जोखिमहरू, पुनर्बिमा कम्पनीहरूको अबस्था, बीमा व्यवसायमा देखिएका बिभिन्न कठिनाइहरूको गहिरो छलफल गर्नुका साथै यस क्षेत्रको बिकासको लागि गर्नुपर्ने काम तथा संस्थाले लिनुपर्ने पहलकदमीका बारेमा छलफल गरी सुझावहरु दिइएको थियो ।

सभामा कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्लले संस्थाको प्रगति विवरण, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संस्थाको वित्तीय अवस्था प्रस्तुत गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

सभामा संस्थाको कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्ल प्रभु इन्स्योरेन्स, उपाध्यक्ष मनोहर दास मुल लुम्बिनी जनरल इन्स्योरेन्स, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ शिखर इन्स्योरेन्स, सदस्य महेन्द्र कृष्ण श्रेष्ठ हिमालयन जनरल इन्स्योरेन्स, सदस्य पवन अग्रवाल सिद्धार्थ इन्स्योरेन्स र स्थायी आमन्त्रित सदस्य बालकृष्ण श्रेष्ठ प्रिमियर इन्स्योरेन्स का साथै सदस्य कम्पनीहरूबाट रोहित कुमार भट्टराई अध्यक्ष-नेको इन्स्योरेन्स, हेमराज ढकाल अध्यक्ष-आईएमई जनरल इन्स्योरेन्स, आजाद श्रेष्ठ अध्यक्ष-अजोड इन्स्योरेन्स, उमेश चन्द्र उपाध्याय अध्यक्ष-राष्ट्रिय बीमा कम्पनी, कुनाल कयाल अध्यक्ष-जनरल इन्स्योरेन्स, प्रेदिद सुब्बा संचालक-युनाइटेड इन्स्योरेन्स, दिलिप श्रेष्ठ संचालक-सानिमा जनरल इन्स्योरेन्स, गजेन्द्र लाल श्रेष्ठ संचालक-सगरमाथा इन्स्योरेन्स, डा. भरत थापा संचालक-एनएलजि इन्स्योरेन्स, पूर्व महासचिव रमेश कुमार निरौला र सचिवालयका सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।

प्रतिकृया