• २२ भदौ २०८३, सोमबार
  • ८ः३१ राती

एमाले विभाजनका लागि ओली सुनियोजित रुपमा लागेको नेपाल पक्षको निष्कर्ष पूर्णपाठसहित

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ०३:५५

काठमाडौ: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एमाले विभाजन गर्न सुनियोजित ढंगबाट अघि बढेको आरोप लगाउँदै ८ पृष्ठ लामो कार्यपत्र आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरेका छन्।

National Life

ओलीले पार्टी एकतापूर्व र पार्टी एकतापछि पनि स्वेच्छाचारी ढंगबाट काम गरेर गुटबन्दीलाई प्रश्रय दिँदा मुलुक पुनः राष्ट्रिय राजनीति संकटमा परेको नेपालको निष्कर्ष छ।

पार्टी एकताको नाटक गरेर ओलीले आफैले गरेका निर्णय उल्ट्याउने, गुटबन्दी गर्ने, भ्रष्टाचारीलाई प्रश्रय दिने र योग्य मान्छेलाई पन्छाउने गरेको नेपालको आरोप छ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यपत्रमा नवौँ महाधिवेशनको दिशा र सम्भावना, हालका चुनौती र आगामी कार्यभारलाई केन्द्रमा राखिएको छ।

नेता नेपालले संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामर्थ्यमा खतरा रहेको ठहर गर्दै कम्युनिष्ट पार्टि तथा समाजवाद विरोधी शक्तिको खतरा, गठबन्धन निर्माण, एकता प्रकृया र एमाले स्वयंको एकता लगायतका विषयलाई चुनौतीको रुपमा प्रस्तुत गरेका छन्।

नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा, फागुन २८ को ओलीको निर्णय फिर्ता र समाजवादको दिशामा जाने जस्ता विषयलाई तत्कालिक कार्यभारको रुपमा प्रस्तुत गरेका छन्।

यस्तो छ, कार्यपत्रको पूर्णपाठः

 

Nekapa-Bhela

प्रतिकृया