• १३ असोज २०८३, मंगलबार
  • १०ः४४ बिहान

हिमाली जिल्लामा पनि असारमा मात्रै नयाँ शैक्षिक सत्र

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार १२:२८

काठमाडौ: कोरोना भाइरसको महामारीका कारण पठाई प्रभावित हुँदा हिमाली जिल्लामा साबिक अनुसार नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ।

National Life

महामारीका कारण विद्यालय बन्द भएकाले हालको शैक्षिक वर्षकै पाठ्यक्रम नसकिएकाले नयाँ शैक्षिक सत्र हिमाली जिल्लामा अरु जिल्लाहरुमा जस्तै आउँदो असारमा सुरु हुने शिक्षा मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा शाखाका उपसचिव विदुरराज गिरीले जानकारी दिए।

शिक्षा नियममावलीको नवौँ संशोधन अनुसार मन्त्रालयले निर्णय गरेर शैक्षिक शत्रको समय परिवर्तन गर्न सक्ने व्यवस्था छ। सोही अनुसार देशभर यो शैक्षिक शत्रको अध्यापन र परीक्षा आउँदो जेठसम्म सक्ने र असारदेखि नयाँ सत्र सुरु गर्ने निर्णय शिक्षा मन्त्रालयले हालै गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

हिमाली जिल्लाका लागि भनेर छुट्टै व्यवस्था नगरिए पनि आउँदो शैक्षिक सत्र ती जिल्लाहरुमा पनि असारदेखि नै सुरु हुने विद्यालय शिक्षा महाशाखाका उपसचिव गिरीले बताए।

उपसचिव गिरीले भने, ‘सामान्य अवस्थामा हिमाली जिल्लाहरुमा फागुन महिनामा नयाँ शैक्षिक सत्र सुरु हुन्छ। तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण पढाइ प्रभावित हुँदा अहिलेसम्म पाठ्यक्रम सकेर परीक्षा भएको अवस्था छैन। सोही कारण नयाँ शैक्षिक सत्र आउँदो असारमै सुरु हुन्छ ती जिल्लाहरुमा पनि।’

मौसमी प्रतिकुलताका कारण हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ र मुगु तथा कालिकोट जिल्लाका केही क्षेत्रमा हिउँदमा अध्यापन हुन नसक्ने हुँदा फागुन पहिलो हप्तादेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो।

अहिले भने ती जिल्लामा पनि विद्यालय तहको परीक्षा हुन सकेको छैन। अब आउँदो असारदेखि नै ती जिल्लाहरुको नयाँ शैक्षिक सत्र सुरु हुने शिक्षा मन्त्रालयले जनाएको छ।

प्रतिकृया