• ९ असोज २०८३, शुक्रबार
  • ८ः०९ राती

‘नेकपा’ प्रदेश–२ को पार्टी कार्यालयमा एमालेको बोर्ड राखियो

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०६:२४

जनकपुरधाम: सर्वोच्च अदालतको फैसलाबाट खारेज भएको नेपाल कम्युनिष्ट पार्टी ने.क.पा को प्रदेश २ कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएको बोर्ड राखिएको छ। सर्वोच्च अदालतको निर्णय आएसँगै प्रदेश पार्टी कार्यालयमा साविककै नेकपा एमालेको जिल्ला कार्यालय धनुषाको बोर्ड झुण्ड्याइएको हो।

National Life

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि मिथिला भवनमा प्रादेशिक कार्यालय स्थापना गरिएको थियो। तर सर्वोच्चले नेकपालाई मान्यता नदिएपछि सो भवनलाई पुनः साविककै एमालेको जिल्ला कार्यालयको रुपमा परिणत गरिएको छ।

दुबै पार्टी एक भएपछि नेकपा एमालेको जिल्ला पार्टी कार्यालयलाई प्रादेशिक कार्यालयको रुपमा परिणत गरिएको थियो भने माओवादी केन्द्रको पार्टी कार्यालयलाई जिल्ला कार्यालयको रुपमा रुपान्तरण गरिएको थियो। यसअघि नेकपा दाहाल–नेपाल र ओली खेमामा विभाजित भएपछि मिथिला भवनलाई दुवै पक्षले प्रयोग गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया