• २५ भदौ २०८३, बिहीबार
  • १०ः११ राती

नारी दिवसको अवसरमा निस्शुल्क स्वास्थ्य शिविर दुई सय जना  लाभान्वित

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ११:३४

नबराज काफ्ले: ललितपुर, नारी दिवसको अवसरमा गोदावरी सरोकार र सम्भावना नेपालको संयुक्त आयोजनामा निस्शुल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको छ। शिविरबाट करिव २ सय जना गोदावरी नगरपालिका सेवाग्राही लाभान्वित भएका छन।

National Life

उक्त कार्यक्रममा दाँत, स्त्रीरोग ,आँखा , पाइल्स,फिस्टुला,फिसर ,छाला, मनोसामाजिक परामर्श लगायतको सेवा सुविधा शिविरमा प्रदान गरिएको थियो । गोदावरी सरोकारका अध्यक्ष बेबि राजभण्डारी ,विशेष अतिथीहरु गोदावरी नगरपालिका वडा न ६ का अध्यक्ष बिष्णुमान महर्जन, श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक सिंह बानियाँ, टीकाभैरब प्रहरी चौकीका प्रमुख तिलक बहादुर गौतमले क्रमश आँखा ,दात ,छाला, मनोसामाजिक परामर्श आदि बिषयमा परिक्षण गरि संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

‌‌‌ओम  समाज डेन्टल हस्पिटल चाबहिल, रोयल आयुर्वेद कुमारीपाटि, अप्टोलेन्स चाबहिल ,पातन्जल योग समिति नेपाल, ललितपुर ,पाटन हेल्थ ल्याव ललितपुर लगायतका संस्थाहरुले सेवा दिएका थिए। साथै विभिन्न  संघ सस्थाहरु रेडियो पर्यावरण १०४.२ , श्री विश्वचन्द्र विष्णुदेबी हमाल ठकुरि स्मृति केन्द्र,श्री सन्तानेस्वर जागरुक युवा समिती, प्रतिबद्ध मिलिजुली सहकारी संस्था लि,नेपाल एसोसिएसन अफ युनिभर्सिटी वोमेन ,सामाजिक अभियन्ता शितल दोङ्ग तामाङले पनि कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रमको समापनमा प्रमुख अतिथी गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारिले सहयोगी संस्थाहरुलाइ प्रसंसा पत्र ,विशेष अतिथी वडा अध्यक्ष विष्णुमान महर्जनले सम्मान पत्र तथा सम्भावना नेपालका अध्यक्ष बिना महर्जनले स्वयंसेवकलाई प्रमाणपत्र ,गोदावरी सरोकारका अध्यक्ष बेबि राजभण्डारीले अतिथीलाइ मायाको चिनो प्रदान गर्नुका साथै श्री बुद्ध माध्यमिक विद्यालयलाई आयोजक संस्थाको तर्फबाट विद्यालय पुस्तकालयको निमित्त माधव खत्रीद्वारा लिखित ‘होप अफ कमलरी’ नामक किताब , सरसफाइ सामाग्री ,स्यानीटरि प्याड,औषधी, लगायतको सामाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा पातन्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्ले,सोही संस्थाका केन्द्रिय सदस्य योग प्रसाद आचार्य एवम सुवर्ण हमाल, सामाजिक अभियन्ता सैलेन्द्र बिष्ट ,नारायण थापा मगर ,सीता के सि लगायतको पनि सभागिता रहेको थियो।

प्रमुख अतिथी गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारिले संस्थाले यसरी सामाजिक कार्यमा अगाडि बढी नारी दिवसको दिन स्वास्थ सेवा प्रदान गरि समाजमा अमुल्य योगदान पुर्याएको बिषयमा जोड दिदै साथ र सहकार्य रहने भन्दै मन्तब्य ब्यक्त गर्नुभयो। कार्यक्रम संयोजक शान्ति डङ्गोलले कार्यक्रम फलदायी रहेको बताउनुभयो।

प्रतिकृया