• २५ भदौ २०८३, बिहीबार
  • ८ः२१ राती

एमाले र माओवादीलाई नाम र चुनाव चिन्ह परिवर्तन गर्न निर्वाचन आयोगले आजै बोलाउने

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०९:५६

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ–आफ्नो नाम तथा चुनाव चिन्ह परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ ।

National Life

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोग  एमाले र माओवादी केन्द्रलाई सम्भवतः आजै पत्राचार गर्ने तयारीमा छ। सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक विदा भएकाले पत्राचार गर्न नपाएको बताउँदै उनले भने, त्यो काम आज त गर्ने तयारीमा आयोग लागेको छ  ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई खारेज गरिदिएको थियो । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राखिएको थियो । आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल सर्वोच्चमा पुगेका थिए ।

प्रतिकृया