• २६ भदौ २०८३, शुक्रबार
  • ७ः२८ बेलुका

भारतको कोलकातामा भीषण आगलागी, ९ जनाको जलेर मृत्यु

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०९:४७

काठमाडौँ:भारतको कोलकातामा रहेको एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ ।भवनको १३औँ तलामा भीषण आगलागी हुँदा  मृत्यु भएको एएनआइले जनाएको छ ।

National Life

मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन् ।

दुई जनाको पहिचान हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया