• २८ भदौ २०८३, आइतबार
  • ११ः१९ बिहान

गैरमुस्लिममाथि हुने अत्याचार रोकः पाकिस्तान हिन्दू परिषद्

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ११:३२

गैर–मुस्लिम समुदायमाथि हुने अत्याचार रोक्न र हिन्दू धार्मिक स्थलको संरक्षण गर्न पाकिस्तान हिन्दू परिषदले माग गरेको छ।

National Life

समाजका खराब तत्वले हिन्दू धार्मिक स्थलमा आक्रमण गरेको भन्दै परिषद्ले त्यस्ता कार्य रोक्न सरकारले विशेष ध्यान दिएर त्यसको संरक्षण गर्नुपर्ने बताएको छ।

साथै परिषद्ले क्षमताको आधारमा हिन्दू नागरिकलाई इभ्क्यू ट्रस्ट प्रोपर्टी बोर्ड ९ईटीपीबी०को अध्यक्षमा छनोट गर्न समेत माग गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पाकिस्तान सरकारले धार्मिक तथा निजी सम्पत्ति संरक्षण गर्न ईटीपीबी गठन गरेको छ ।

मंगलवार सार्वजनिक गरिएको वक्तव्यमा परिषद्का अध्यक्ष गोपाल खमुआनीले र महासचिव पुरुषोत्तम रमानीले प्रधानमन्त्री इमरान खानलाई ईटीपीबीको अध्यक्षमा मुस्लिम समुदायको मानिसलाई नै अध्यक्ष बनाएको भन्दै विरोध पत्र लेखेका छन्।

केही महत्वपूर्ण कुरा चोरी गर्न तथा बिगार्नका लागि हिन्दू भवन भत्काइएको परिषद्को आरोप छ।

परिषद्ले वक्तव्यमा शिखरपुर सहरमा रहेको २ सय वर्षको इतिहास बोकेको श्रीशंकर आनन्द भारती मन्दिरमा गरिएको आक्रमणको भर्तसना गरेको छ ।
ईटीपीबीको अध्यक्षमा पनि पछिल्लो केही समययता मुस्लिम समुदायको वर्चश्व रहँदै आएकोले न्याय पाउनेमा पनि आशंका उब्जिएको परिषद्को आशंका छ ।

प्रतिकृया