• २९ भदौ २०८३, सोमबार
  • ४ः३५ बेलुका

एकता जोगाउन प्रचण्डलाई ओलीसँग मिल्न माधव पक्षको सुझाव

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०६:०७

काठमाडौँ: नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूले मान्ने निष्कर्ष निकालेको माधवकुमार नेपाल पक्षले पुष्पकमल दाहाल पक्षलाई केपी शर्मा ओली पक्षसँग मिलेर अघि बढ्न सुझाव दिएको छ।

National Life

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका अधिकांश सदस्यले पार्टी एकता जोगाउन प्रचण्ड पक्ष ओली पक्षसँग मिल्न सुझाव दिएको हो। नेपाल पक्षका नेता रघुजी पन्तले भने,‘ सर्वोच्च अदालतको फैसला अलि बढी राजनीतिक प्रकृतिको भयो भन्ने छ। तर हामीले फैसला मान्नै पर्छ। अब पार्टी एकता जोगाउन प्रचण्ड पक्षलाई ओली पक्षसँग मिल्न सुझाव दिएका छौँ।’

पार्टी एकता संविधान, लोकतन्त्र रक्षका निम्ति पार्टी एकता महत्वपूर्ण भएको हुँदा त्यो जोगिने सम्भावना अझै रहेकाले ओली र प्रचण्ड मिल्नुपर्ने बताए।नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो । स्थायी कमिटी बैठक जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया