• २८ भदौ २०८३, आइतबार
  • ११ः२० बिहान

खानेपानी मन्त्री मगरद्धारा सूर्य विनायक नगरपालिकाको सिपाडोलमा पानी ट्याङ्कीको शिलान्यास

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ११:३१

भक्तपुर । खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर ८ स्थित सिपाडोलमा ३ लाख लिटर क्षमताको पानी ट्याङ्कीको शनिबार शिलान्यास गर्नु भएको छ ।

National Life


सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सक्रियतामा बन्न लागेको उक्त पानी ट्याङ्कीको शिलान्यास खानेपानी मन्त्री मगरले एक समारोहका बीच गर्नु भएको हो ।
उपभोक्ता समितिले स्थानीयहरुको लगानी रहेको सिपाडोल बचत तथा ऋण सहकारी संस्था र सूर्य विनायक नगरपालिकाको संयुक्त लगानीमा पानी ट्याङ्की निर्माण गर्न लागेको हो । खानेपानी आयोजनामा सहकारीको लगानी रहेकोले यो नै अबको नयाँ मोडालिटी हुने समितिको भनाइ छ ।

उक्त ट्याङ्कीको कूल लागत ७५ लाख रहने समितिले जनाएको छ । पानी ट्याङ्की निर्माण सम्पन्न भैसके पछि करिब २० हजार जनसंख्या खानेपानीबाट लाभान्वित हुनेछन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुयाउन सरकार योजना बनाएर अघि बढीरहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop


मन्त्री मगरले भन्नु भयो, “खानेपानीको क्षेत्रमा देशै भरी उपभोक्ता समितिहरुको लगानी रहेको छ । त्यसमा राज्यको पनि लगानी हुन्छ । कतिपय अवस्थामा खानेपानीका लागि लगानी जुटाउनु पर्ने चुनौती रहेकोे बेला सहकारीले यसरी लगानी गर्दा आयोजना अगाडि बढाउन र्गाहो हुँदैन । यो सोच र मोडालिटी खानेपानीको लागि उपयोगी हुनेछ । “

कार्यक्रममा प्रतिनिधि सभाका सांसद, पूर्व उद्योग मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले खानेपानीको लागि यसरी गरिने सामुहिक लगानी अति महत्त्वपूर्ण रहेकोे बताउनुभयो । उहाँले सूर्यविनायकको समग्र विकासमा गाउँ गाउँमा सडक सञ्जाल बिस्तार गर्दै यहाँ ठू्रला आयोजनाहरु समेत संचालनमा आएको बताउनुभयो । सडक निर्माणको कार्य महत्वपूर्ण भएको बताउदै छोटो समयावधिमा उपब्धिमुलक धेरै काम भएको बताउनुभयो ।


बस्नेतले भन्नुभयो“भक्तपुरको विकासले मुहार फेर्न सुरु गरेको छ, अरनिको राजमार्गसंग जोड्ने १३ वटा भित्री सडक बिस्तार भईरहेको छ, काठमाडौँको बालकुमारीदेखि रानीकोट, साँगासम्मको भित्री सडक निर्माण हुदैछ, बालकोटदेखि ललितपुरको लुभु सडक, ठिमीबाट दधिकोट बिरुवा जाने सडक विस्तार हुदैछ, अब पछाडि परेको भक्तपुरले अब विकासको मुहार फेर्छ ।”
उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ करोड ५० लाख रुपैयाँको कार्यक्रम भक्तपुरमा सुरु हुन लागेको बताउदै, खानेपानीको अभाव समेत मेट्ने गरि विकासका लागि आफू लागिपरेको बताउनुभयो ।

सूर्यविनायकमा निर्माण भईरहेको प्राणी उद्यान केन्द्रको छिटो निर्माण सम्पन्न गर्न वन मन्त्रीसँग आफूले छलफल गरिरहेको बताउदै उहाँले प्राणी उद्यान केन्द्रले सूर्य्वनायकको मात्र नभई भक्तपुरकै मुहार फेरिने दावी गर्नुभयो । भक्तपुरको विकास निर्माण, ढल व्यवस्थापन, बाढि तथा पहिरो रोकथाम, सडक दुर्घटना र सडक जामको न्यूनिकरण, करिडोर निर्माण, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रियसभा हल, खेल मैदान निर्माण तथा भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गराउने लक्ष्यसहित आफू अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यो वर्ष विकास र पूर्वाधारको वर्ष भएको चर्चा गर्दै भक्तपुरको विकासले कोल्टे फर्दै तिब्र गतिमा अगाडि बढेको बताउनुभयो । प्रमुख थापाले सूर्यविनायक नगरपालिकालाई अबको तीन वर्षमा नूमना नगरपालिका बनाउने बताउदै विकासमा विवाद र अबरोध नगरी अगाडि बढ्ने मान्यतालाई अगाडि सारेको बताउनुभयो ।


सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष किरण थापाले सिपाडोलमा विकाससंगै नयाँ बस्ती समेत तिब्र गतिमा बृद्धि हुदै गएकोले खानेपानीको माग पनि चुलिदै गएको बताउनुभयो । उहाँले कूल ७० लाखको लागतमा निर्माण हुन लागेको तीस्न लाख लिटर खानेपानी ट्यांकी निर्माणका लागि सूर्यविनायक नगरपालिकाले ३० लाख रुपैया अनुदान दिएको बताउनुभयो । जनताको साझेदारीमा बन्ने उक्त पानी ट्यांकीमा नपुग रकम बिभिन्न निकायबाट जुटाउने बताउदै यो पानी ट्यांकी निर्माण गरि थप धारा वितरण गर्दै पानीको माग पुरा गर्न सफल हुने बताउनुभयो ।


कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष रत्न प्रसाद छुँकाले सहकारीले खानेपानी समिति समेत संचालन गरेर यहाँको खानेपानीको समस्या समाधान गर्दै अगाडि बढेको बताउनुभयो ।

प्रतिकृया