सशस्त्र प्रहरीद्वारा लागू औषधी बरामद
प्रकाशित मिति
२०७७ फाल्गुन २४ गते, सोमबार ०२:४३
नवलपरासी : नवलपरासी पश्चिमको सशस्त्र प्रहरीले ठुलो सफलता हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल बिओपी गुठी परसौनीले बिशेष सुराकीको अधारमा ठुलो मात्रामा लागू औषधी बरामद गरेको हो । प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौली स्थित पश्चिम गण्डक नहरको पुलबाट सशस्त्र प्रहरी नेपाल गुठी परसौनी द्यइए का इन्सपेक्टर संतोष खरेलको नेतृत्वमा रहेको टोलीले पैदल यात्रीलाई चेकजाँच गर्न खोज्दा ब्याग झोला फालेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
शंकाको अधारमा ब्यागलाई चेकजाँच गर्दा उक्त ब्यागबाट ठुलो मात्रामा लागू औषधी बरामद भएको सशस्त्र प्रहरी नेपाल गुठी परसौनीले जनाएको छ ।उक्त ब्यागबाट क्लोराफेनरामाइन मिलेट र कोडिन २५ पिस सिरफ, ट्रमाडोल र एसिटामिनोफेन ४२ पत्ता, नाइट्रोभेट २ सय २२ क्यापसुल, बुप्रिनोरफिन २० पिस, प्रोमेथाजिन हाइड्रोक्लोराइड ४० पिस , केही मात्रामा गाजा सहित लागु औषधी बरामद गरेको हो ।
बरामद भएको उक्त लागू अौषदको अनुमानित मुल्य ७० हजार रहेको सशस्त्र प्रहरीले बताएको छ ।सशस्त्र प्रहरीका अनुसार फरार व्यक्तिको खोजी कार्य भइरहेको छ । सिमा क्षेत्रबाट लागू औषधी ओसारपसार भइरहेको जन गुनासो बढिरहेको अवस्थामा गण नं २६ बेलाशपुरका एसपी महेश अधिकारीको विशेष निर्देशनमा सशस्त्र प्रहरीले निगरानी बढाएको हो ।
लागु पदार्थको प्रयोग र कारोबार बढ्दै गएकोले नियन्त्रणका लागि जनशक्ति अभाव रहेको सरोकारवालाहरुले बताएका छन् । लागु पदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएकोमा लागु पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरूले बताएका छन् ।
खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको महेशपुर, बिसुनपुरा, भुजहवा, बसहिया, बन्नकट्टी लगायतको नाकाबाट लागू पदार्थ ओसारपसार हुने गरेको स्थानियले बताउँछन ।






प्रतिकृया