• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०३ राती

प्रतिनिधि सभा बैठकमा नेकपाका सबै सांसद सत्ता पक्षकै लहरमा ,नेकपा कानुनी रुपमा विभाजन भएको छैन: सचिवालय

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार १२:४७

काठमाडौँ : नेपका ओली पक्ष र दाहाल–नेपाल पक्षका सांसदलाई प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता पक्षकै लहरमा राखिने भएको छ ।संसघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले संसद सचिवालयमा गरेको पत्रकार सम्मेलनमा नेकपा दुवै खेमाका सांसदलाई सत्ता पक्षका लहरमा राखिने बताएका हुन् । पुनर्स्थापित संसदको बैठक दिउँसो ४ बजे बस्दैछ ।त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ ।

National Life

त्यस्तै संसद सचिवालयले नेकपा कानुनी रुपमा विभाजन नभएको जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपा राजनीतिक रुपमा विभाजित भएपनि कानुन एउटै भएकाले आजको बैठकमा दुवै नेकपाका सांसदहरु सत्ता पक्षकै ुरोुमा बस्ने गरी व्यवस्था मिलाएको जानकारी दिए ।

‘सत्तारुढ दलको कानुन त एउटै छ भनेर हामीले अहिलेसम्म बुझेका छौ’, पाण्डेको भनाइ छ । नेकपा संसदीय दलका प्रमुख सचेतक दुई जना भएकोबारे पत्रहरू आएपनि को प्रमुख सचेतक भनेर सचिवालयले छुट्याउने नसक्ने बताए । उनले सचिवालयले दलको विवाद निरुपण गर्न नसक्ने भन्दै सहजीकरणको भूमिका मात्रै निभाउने जानकारी दिए ।
‘यी सवै कुराको समाधान निर्वाचन आयोगले समाधान गर्छ भन्ने अपेक्षा गर्छौँ’, पाण्डेको भनाइ छ । त्यस्तै संघीय संसद सचिवालयले सम्भावित कार्यसूची परिवर्तन हुनसक्ने पनि जनाएको छ ।
प्रवक्ता पाण्डेले आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै विगतको परम्परा अनुसार पनि सम्भावित कार्यसूची परिवर्तन हुनसक्ने जानकारी दिएका हुन् ।
सचिवालयले शनिबार हिजो जारी गरेको सम्भावित कार्यसूचीमा राष्ट्रपतिले पठाएको पत्र, शोक प्रस्ताव र केही अध्यादेश पेश गर्ने कार्यसूची रहेको जनाएको थियो ।
नेकपा विवादपछि दुई जना संसदीय दलका नेता र प्रमुख सचेतक पनि दुई जना छन् ।
प्रवक्ता पाण्डेले सरकारले ल्याउने बिजनेस र दलहरूको सहमतिका आधारमा संसद बैठक कति समय चल्ने भन्नेमा निर्भर हुने पनि प्रस्ट पारेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया