प्रचण्ड-माधव र सभामुख सापकोटाबीच संसद् चलाउने बारे परामर्श
प्रकाशित मिति
२०७७ फाल्गुन २३ गते, आईतवार १२:३०
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत नेताहरूले छलफल गरेका छन्।
आज दिउँसो ४ बजे बोलाइएको संसद बैठक तयारीस्वरुप सभामुखले दलका नेताहरूसँग छलफल गरेका हुन्। छलफलमा अध्यक्षद्वयसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरू सहभागी थिए।सभामुख सापकोटाले अन्य दलका नेताहरूसँग पनि छलफल गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। तर, सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम उल्ट्याइदिएको थियो।
प्रधानमन्त्रीको कदम उल्टिएसँगै आजबाट बस्न लागेको प्रतिनिधि सभा बैठकमा सभामुखको महत्वपूर्ण भूमिका रहन्छ। प्रचण्ड–माधव पक्षले संसदीय दलको नेतामा प्रचण्ड र अर्को समूहले ओली नै भएको दाबी गरिरहेका छन्।
यता, ओली समूहले नेकपा संसदीय दलको प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई अघि सारेको छ। आजको बैठकमा सभामुख सापकोटाले कसलाई दलको नेता र सचेतककाे रुपमा बोल्न दिन्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ






प्रतिकृया