राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गरौं: बाबुराम
प्रकाशित मिति
२०७७ फाल्गुन १९ गते, बुधबार ०६:११
काठमाडौं: स्वास्थ्योपचार सकेर भारतको नयाँ दिल्लीबाट आज स्वदेश फर्किएका डा.बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत देशको स्वास्थ्यले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै समाधानको लागि फर्गिभ र फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने बताएका छन् । उनले अहिलेको समस्याको जरो ०६५ ०६६ पछि भत्केको राजनीतिक सहमति नै भएको पनि उल्लेख गरेका छन् ।

सञ्जालमा उनले लेखेका छन्
दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो।यसो गरौं नस् १।ऐलेको समस्याको जरो ०६५र६६ पछि भत्केको राजनीतिक सहमति हो १ बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive&Forget को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं:
अ TRC त्च्गायत शान्तिप्रक्रियाका बॉकी काम पूरागरौंसआ०सहमतिले संविधान संशोधन गरौंसइ०संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅसई०समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौंसउ०विश्वरछिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यतस् भारतरचीनरअमेरिकासंग असल सम्बन्ध बनाऊॅ१







प्रतिकृया