• १४ असोज २०८३, बुधबार
  • १२ः१२ राती

भीम रावलले प्रधानमन्त्री ओलीमाथि लगाए अरु कसैमाथि हमला गराउन वातावरण बनाएको आरोप

प्रकाशित मिति

२०७७ फाल्गुन १८ गते, मंगलवार ०६:३९

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अरु कसैमाथि हमलाको वातावरण बनाएको आरोप लगाएका छन् । उनले ओलीले सुरक्षा थ्रेट छ भन्नुलाई हमलाको वातावरण बनाउन खोजेको टिप्पणी गरेका हुन् ।

National Life

आज ट्वीट गर्दै रावलले प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेट भन्नुको सम्भावित कारणबारे उल्लेख गर्दै अदालतको फैसलापछि झरेको साख बचाउन, जनसहानुभूती बटुल्न, अुरक्षाको आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने, अरु कसैमाथि हमला गराउन वातावरण बनाउने अनुमान गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्ः प्रमं केपीले आफुलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारणस्ड्डअदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्नेड्डप्रमं नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्नेड्डअरू कसैमाथि हमला गराउन वातावरण बनाउने।तर यसले प्रमंको अयोग्यता र गैरजिम्मेवारपन नै देखाउँछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया