• १५ असोज २०८३, बिहीबार
  • ३ः४६ राती

कोरोना महामारीपछि पर्यटक आगमनमा झिनो सुधार

प्रकाशित मिति

२०७७ फाल्गुन १८ गते, मंगलवार ०६:२७

काठमाडौँ: १८ फागुन । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ ।

National Life

सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागलाई उद्यृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जनवरीमा आठ हजार ८४७ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक नेपाल आएका हुन् । बोर्डका प्रवक्ता मणि लामिछानेले पछिल्ला महिना पर्यटक आवागमन सुधारात्मक रहेको बताए ।

कोभिडपछिको पर्यटक आवागमन दरलाई तुलना गर्दा क्रमशः सुधारोन्मुख छ । उनका अनुसार कोभिडपछिको पर्यटक आगमनदर हेर्दा गत नोभेम्बरमा एक हजार ९५६ र डिसेम्बरमा चार हजार २४५ पर्यटक आएका छन् । यो वर्षको जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक आएका छन् । यो हवाई मार्ग भएर आउने विदेशी पर्यटकको सङ्ख्या हो ।

Classic Tech Mobile
Classic Tech Desktop

फेब्रुअरी महिनामा सबैभन्दा बढी भारतबाट चार हजार ७६३ पर्यटक नेपाल आएका छन् । सन् २०२० को फेब्रुअरी महिनामा भारतबाट १४ हजार ८४० पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ६७ दशमल नौ प्रतिशत कमी हो । उक्त अवधिमा चीनबाट मात्र ७०८ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७७ दशमलव नौ प्रतिशतले कमी हो ।

सन् २०२० को फेब्रुअरीमा तीन हजार २०७ पर्यटक नेपाल आएका थिए । अमेरिकाबाट ५०२ र जर्मनीबाट १२६ पर्यटक आएका छन् । कोभिड महामारी जारी रहेपनि नेपालमा कोभिड विरुद्धको खोप लगाउन शुरु भइसकेको र कोभिडका सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन घटिरहेकाले पर्यटक आवागमन वृद्धि हुने व्यवसायीको अपेक्षा छ । रासस

प्रतिकृया