• २१ असोज २०८३, बुधबार
  • २ः४४ दिउँसो

मोक्सिकोमा बस दुर्घटना : २३ को मृत्यु, ३० घाइते

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार ०२:२२

एजेन्सी । मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २३ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार क्याथोलिक तीर्थयात्राहरू कार्गो ट्रकमा बसिरहेका थिए ।

National Life

यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो ।

मेक्सिकन संघीय प्रहरीका अनुसार ती तीर्थयात्रीहरू मेक्सिको सिटीको बासिला भ्रमण पछि चीपासका टाक्ल्टलाको आर्कदीकोस घर फर्केर आउदै थिए।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण मिनीट्रकमा बस ठोक्किएको थियो ।

मेक्सिकन नागरिक संरक्षण विभागले उक्त दुर्घटनामा संलग्न ३० जनालाई स्थानीय अस्पतालमा पठाइएको थियो।

मेक्सिको सरकारले आफना कार्य दलहरु दुर्घटना को हेरविचार मा काम गर्ने बताउदै “हामी त्रासदीमा संलग्न व्यक्तिहरूलाई समर्थन प्रदान गर्दछौं।“ भनेको छ ।

प्रतिकृया