• ३२ साउन २०८३, सोमबार
  • ६:५३ बेलुका

सरकाले नेपाली जनताले दिएको सुनौलो अवसर गुमायो : नेता पौडेल

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार ०२:२९

उत्सब बजगाईं,काग्रेँशका बरिष्ट नेता रामचन्द्र पौडेलले मनमा गुन्जिएका र उब्जिएका अन्गिती कुराहरुलाई पत्रकार सम्मेलन बाट ब्यक्त गरेका छन । दुई तिहाई सरकारले कुनै पनि तह बाट काम गर्ने मेसो नभेटाएको भन्दै आरोप प्रत्यारोप ब्यक्त गरेका छन ।।सरकारलाई नेपाली जनताले दिएको सुनौलो अवसर गुमाएको नेपाली कांग्रेसका वरिष्ठ नेता राम‍चन्द्र पौडेलले बताएका छन्।नेपाल प्रेस युनियन बाजुराले गरेको पत्रकार सम्मेनमा नेता पौडेलले यस्तो बताएका हुन्।

जनताले केही गर्न सक्छ भनेर नेपाली जनताले बहुमत दिएकै हुन्, तर केही गर्न नसक्दा बहुमतको कदर हुन नसकेको उनको आरोप छ। देशको परिस्थित जस्तो हुनुपर्ने थियो, त्यस्तो नभएको र देश चिन्ताजनक अवस्थामा रहेको उनले बताए।राजनीतिक व्यवस्थाको टुंगो लागेर देशमा स्थायीत्वको सरकार भएर पनि सरकारले त्यो वातावरणलाई सदुपयोग गर्न सकेको छैन।यो भन्दा पहिलेका सरकारले यस्तो अवसर पाएका थिएनन्, उनले भने, यो सरकारले काम गर्ने मेसो पाएको छैन।

Kamana Sewa

सरकार शान्ति सुरक्षा, सुशासन र विकास निर्माणमा असफल भएको छ। यी तीन काममा बजेटको दुरुपयोग भएको उनले बताए। उनले सरकारले ल्याएको प्रेस विधेयक गतल भएको बताएका छन्। सरकारका गलत गतिविधि प्रेसमार्फत बाहिर आउने भएकाले विधेयकमार्फत पत्रकारका मुख बन्द गर्न सरकारले विधेयक ल्याएको उनको आरोप छ।
बजेट लोकप्रीय भएपनि तर अहिलेको सरकारले कार्यान्वयनमा समस्या हुने उनले बताए।उनले तत्काल खुशी पार्नेखालको बजेट ल्याएको र समृद्धिको यात्रामा विनियोजित हुनुपर्नेमा त्यसो नभएको दावी गरे।

Classic Tech Desktop

प्रतिकृया