• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बेलुका

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०८:१०

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बस्दैछ । पार्टीको कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे बोलाइएको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको प्रस्ताव छलफलका लागि पेस गरिँदैछ ।यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औँ महाधिवेशन फेरि सर्ने भएपछि महाधिवेशन नयाँ कार्यतालिका तय गर्न लागिएको नेताहरुले बताएका छन् ।

National Life

सभापति शेरबहादुर देउवा नेतृत्वले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर पार्टीको विधानअनुसार एक वर्ष थप गरेको अवधि पनि यही फागुन १९ गते समाप्त हुँदैछ । नेपालको संविधानअनुसार काँग्रेसले अबको छ महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने हुन्छ ।

पार्टी सचिवालयले तयार पारेको महाधिवेशनको नयाँ कार्यतालिका आजको बैठकमा पेस गरिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय कार्यसमितिमा पेस गरिने प्रस्ताव र महाधिवेशनको अर्को मिति तय गर्नेलगायतका विषयमा सभापति देउवासहितका शीर्ष नेताहरूबीच छलफल पनि भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया