• १५ असोज २०८३, बिहीबार
  • ४ः३२ बेलुका

प्रचण्ड–नेपालको कांग्रेससँग मिलेर अगाडि बढ्ने प्रयास

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार १२:३२

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध एक्लै सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अब एक्लै नभई संयुक्त आन्दोलनमा जाने बताएका छन्।

National Life

गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त रुपमा आन्दोलन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपालसहितका दलहरुसँग छलफल भइरहेको बताए।

भरतपुरमा निर्माणाधीन सिटी हलको निरीक्षण गर्दै उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली असंवैधानिक बनेको भन्दै बैशाखमा चुनाव नहुने उनले ठोकुवा गरे । उनले प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गरे । उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले सही निर्णय गर्ने आशा पनि राखेको बताएका छन् ।

कांग्रेसले पनि ओलीको संसद विघटनलाई असंवैधानिक कदम भनेको छ । तर दलहरु छुट्टाछुट्टै विभिन्न चरणमा आन्दोलनमा छन् ।

प्रतिकृया