• १७ असोज २०८३, शनिबार
  • ३ः०१ राती

नबिल बैंक र उपाय सर्भिसेस लिमिटेड बिच सम्झौता

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०३:५६

काठमाडौं: नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र उपाय सर्भिसेस बिच बैंकको ग्राहकहरुका आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ।

National Life

यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, सानार मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवालिने छन् । यस बाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्द गराउने छ।
श्री निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई तथा लघुबित्त, नबिल बैंक र श्री राजु के.सी., महाप्रबन्धक, उपाय सर्भिसेसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

साझेदारीको बारेमाबोल्दै, नबिल बैंक, एस.एम.ई तथा लघुबित्त, प्रमुखश्री निरज कुमार बस्नेत (डनिल) ले भने, “नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीयपह’“चमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ। हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचितवित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानुन र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौ।

Classic Tech Mobile
Classic Tech Desktop

हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन माहालको अन्तर पुर्ण गर्न मद्दत पु¥याउ छ ।
“नबिल बैंक लिमिटेडसँगको सहकार्य निकै फलदायी भएको छ, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भने।

उनीथप भन्छन्, “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीयव्यवस्थापन, कानुनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवाप्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षमभएको छ। बैंकका १ सय भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन्।”

नबिलबैंकको बारेमा
आफ्नो देशभर १ सय १० वटा शाखाकार्यलयहरु, १ सय ८५ एटिएम र १ हजार ५ सय भन्दा धेरै नबिलरेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जालमार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ एक उच्चप्रशिक्षित समहरु र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, बैंक ग्राहकहरुलाई मुल्यअभिवृद्धि गर्न उच्च सेवावितरणको लागि लक्षित छ।.

उपाय सर्भिसेजको बारेमा
उपाय सर्भिसेज लिमिटेड कानुन, वित्तिय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो। यस अन्तर्गत नयाँ कम्पनीदर्ता,कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, भु–सेवाले प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरु प्रदानगर्ने गर्दछ ।

 

 

प्रतिकृया