नेपाली सेनाद्वारा वृहत वृक्षारोपण
प्रकाशित मिति
२०७७ माघ १६ गते, शुक्रबार ०५:३३
काठमाण्डौँ: नेपाली सेनाद्वारा लमजुङ्गमा वृहत वृक्षारोपण गरेका छन् । प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन–२०७५ मा निर्दिष्ट लक्ष्य अनुरुप ‘गो ग्रीन’अभियान अन्तर्गत लमजुङ जिल्लामा तैनाथ श्रीजंग गणको आयोजनामा मिति २०७७ माघ १५ गते बेसीशहर नगरपालिका भित्रका विभिन्न सार्वजनिक स्थानहरुमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले विभिन्न बहुपयोगी फलफूलका बिरुवा रोप्नुभई वृक्षारोपण कार्यको शुभारम्भ गरेका छन् ।
बेसीशहर नगरपालिका वडा नं. २, ३, ८ र ९ का सार्वजनिक स्थान र सामुदायिक वनहरुको करिब १३ दशमलव ५५ वर्ग किलोमिटर क्षेत्रफलमा १५,७५० विरुवा रोपिएको छ । वृक्षारोपणका दौरान एभोकाडो २,२७५, ओखर २,३५०, टिमुरको बिरुवा २,५००, अम्बा १,३९५, रुख कटहर १,१००, कागती ९९५, सितल चिनि ९मरिंगा० ६४०, जामुन ४००, अमला २००, सुन्तला १५५, रुद्राक्ष ९०, मेवा २०, बेलपत्र २०, आँप १५, ड्रयागनफ्रुट ५, तेजपत्ता ३,५३५, रिठ्ठो ३०, शिरिष १५, पारिजात ५ र धुपीका ५ गरी जम्मा १५ प्रकारका फलफूल तथा ५ प्रकारका अन्य बिरुवाहरु रोपिएको थियो ।
बेसीशहर नगरपालिका गाउँशहर दरबार क्षेत्रका लागि १४०, लमजुङ माध्यमिक विद्यालयमा १६०, बेसीशहर मलामीचौर पार्क र करपुरेश्वर मन्दिरका लागि १५०, जिल्ला अस्पताल लमजुङलाई ११०, पाखाथोकलाई १५००, मध्य मर्स्याङदी जलविद्युत आयोजनालाई ३२५ तथा स्थानिय ७२० घरधुरीलाई ८,६०५ बिरुवा समेत वितरण गरिएको थियो उक्त बृहत् वृक्षारोपणको लागि धनकुटा, कोशी टप्पु, म्याग्दी र गोरखाको पालुङटारका नर्सरीहरुबाट बिरुवाहरु ल्याइएको थियोश्रीस्वाँरास्थित प्रस्तावित व्यारेकमा ५८५, नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा २,५१० वटा गरी नेपाली सेनाको व्यारेक हाता भित्र मात्रै ३,०९५ विरुवा रोपिएको छ।।






प्रतिकृया