किष्ट शिक्षण अस्पतालले लगाइदियो करिव ३ हजार जनलाई कोरोनाविरुद्धको खोप
प्रकाशित मिति
२०७७ माघ १४ गते, बुधबार ०३:५५
काठमाडौंः किष्ट शिक्षण अस्पतालले करिब ३६ स्वास्थ्य संस्थाहरुमा कार्यरत ३ हजारको हाराहारीका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ ।
स्वास्थ्य कार्यालय, ललितपुरले कोभिड १९ विरुद्धको खोप प्रदान गर्न निर्धारण मध्ये अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा तथा सरसफाई कर्मचारीहरुको उक्त संख्यालाई कोरोनाविरुद्धको खोप लगाउदै यो अभियानको सुरुवात गरेको हो ।
आज बिहान १० बजे खोप कार्यक्रमको प्रथम सेवाग्राही यसै शिक्षण अस्पतालका मेडिसिन विभागका विभागीय प्रमुख एवं श्वासप्रश्वास रोग बिशेषज्ञ प्रा.डा. मिलेस जंङ्ग सिजापतिलाई खोप प्रदान गरी शुभारम्भ गरेको थियो ।
राष्ट्रिय अभियानको यस महत्वपूर्ण जिम्मेवारीलाई सगर्र्व निर्वाह गर्न यस शिक्षण अस्पताल कटिबद्ध रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सेवाग्राहीका सुविधाका लागि वेटिङ्ग कक्ष, रजिष्टेशन डेक्सका साथै ६ वटा खोप डेक्सहरु र त्यहाँ खटिने प्राविधिक एवं स्वयंसेवक कर्मचारीहरुलाई आवश्यक तालिम दिई खटाईएको छ ।
खोप लिने व्यक्तिलाई खोप कार्डमा उपलव्ध विवरणहरु जानकारी गराई दस्तखत वा ल्याप्चे लगाई मञ्जुरी लिई मात्र खोप प्रदान गरिएको अस्पतालले जनाएको छ ।
दोश्रो मात्रा खोप लिनका लागि खोप केन्द्रबाट उपलब्ध गराईएको कार्ड सुरक्षित राख्नुपर्ने किष्ट शिक्षण अस्पतालका प्रमुख परिचालक अमिश पाठकको भनाई छ ।







प्रतिकृया