तरुण दलका युवालाई खुँडा प्रहार गरी हत्या गरेको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ
प्रकाशित मिति
२०७७ माघ १४ गते, बुधबार ०३:३३
बझाङः बझाङको छविस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्ष सहित चार जना पक्राउ परेका छन् ।
नेपाल तरुण दल छविस पाथीभेरा गाउँपालिकाका सदस्य रहेका २३ वर्षीय सिंहको ्मंगलबार राति खुँडा प्रहार गरी हत्या गरेको आरोपमा तिनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा छविस पाथीभेरा गाउँपालिका–२ का वडा अध्यक्ष विकास ऐडीसहित प्रकाश ऐडी, केदार ऐडी र ज्ञान बहादुर कठायत रहेका छन् ।
वडाध्यक्ष विकास ऐडीले प्रयोग गर्दै आएको से १ प ७६१ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मोटरसाइकल सहित वडाअध्यक्ष ऐडीलाई सदरमुकाम चैनपुरको एक होटलबाट मंगलबार राति नै पक्राउ गरेको थियो । ज्ञान बहादुर कठायतलाई मंगलबार नै घटना स्थलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
मंगलबार दिउँसो छविस पाथीभेरा गाउँपालिकास्थित बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको आक्रोसमा नेकपाका समर्थकहरुले सिंहमाथि साँझ ७ बजे तिर खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो ।







प्रतिकृया