• २९ भदौ २०८३, सोमबार
  • ५ः३९ बिहान

संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदैव तयार : प्रधानसेनापति थापा

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०७:००

काठमाण्डु : प्रधानसेनापति पूर्णचन्द्र थापाले संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदैव तयार रहनु पर्ने बताएका छन् । शुक्रबार जङ्गी अड्डास्थित सगरमाथा हलमा नेपाली सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन गर्दै उक्त कुरा बताएका हुन् ।

National Life

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा असाेज ११ गतेबाट संचालन भइरहेको सि.सं. ८ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुक्रबार प्रधानसेनापति थापाले समापन गरेका हुन् ।

त्यस्तै उनले हालसालै जारी भएको राष्ट्रिय सुरक्षा नीतिबाट र यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सैनिक रणनीति नेपाली सेनाको लागी महत्वपूर्ण स्ट्याटेजिक गाइडेन्सको रुपमा स्थापित हुने विश्वास समेत व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त तालिमका शिक्षार्थीहरुसँग भएको अन्तरक्रियामा प्रधानसेनापति थापाले संगठनको भिजन र मिशनका बारेमा साझा बुझाई निर्माण गर्न तथा नेपालको आफ्नै परिवेश र माटो सुहाँउदो सैनिक रणनीति र नेपाली सेनाको विशिष्ट आवश्यकतालाई परिपूर्ति गर्ने उद्धेश्यलाई मध्यनजर गरेर यो तालिमको डिजाइन गरिएको हुनाले यसको विशेष महत्व भएको बताए ।

 

नेपाली सेनालाई पद्धति र प्रणालिमा आधारित संस्थाको रुपमा विकसित गर्दै लैजानका लागी विगतका उपलब्धिहरुलाई संस्थागत गर्ने तथा वर्तमान र भावी चुनौतिहरुलाई सम्बोधन गर्नका लागि सबैजना इमान्दार र सिर्जनात्मक हुनु पर्ने उनले बताए ।

प्रधानसेनापति थापाले सोही अवसरमा नेपाली सेनाले अघी सारेको ३+१ अपरेशनल कमाण्ड अवधारणाको आवश्यकता र उपादेयता एवं नेपालको सन्दर्भका यसको महत्वको बारेमा समेत प्रस्ट पारे । सोही आधारमा संगठनको पूनर्संरचना समेत गरी सफल कार्यान्वयन गर्नु पर्ने आवश्यकता औंल्याए ।

नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च स्तरको उक्त तालिम नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा वि.सं. २०७१ सालबाट शुरु भएको हो । नेपाली सेनाका महासेनानी दर्जाका अधिकृतहरु मात्र समावेश गरी संचालन गरिने उक्त तालिममा ३० जना महासेनानीहरुको सहभागीता रहेको थियो । महिला सैनिक अधिकृत ५ जना सहित हालसम्म जम्मा २०८ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेकान छन् ।

यस तालिममा महासेनानी नारायण बहादुर थापा समग्र तालिममा प्रथम वेस्ट स्डटुडेन्ट अफिसर भएका छन् भने महासेनानी प्रकाश बहादुर चन्द शोधपत्र वेस्ट इन एकेडेमिक राइटिङ तर्फ प्रथम हुनु भएको छ ।

प्रतिकृया