राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै जो बाइडेन
प्रकाशित मिति
२०७७ माघ ७ गते, बुधबार ०९:११
काठमाडौं, अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा ४६ औं राष्ट्रपतिमा निर्वाचित उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो ।
अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ। लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ। यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज राति १०:४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन्।
अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ। शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने आशंकाका साथ सुरक्षा व्यवस्था कडा बनाइएको एजेन्सीहरूले जनाएका छन्।
बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणाको तयारी भइरहेका बेला वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको आक्रमणलाई मध्यनजर गर्दै उनको सपथ ग्रहण कार्यक्रममा कडा सुरक्षाको व्यवस्था गरिएको हो ।






प्रतिकृया