• १० असोज २०८३, शनिबार
  • ७ः२६ बेलुका

प्रतिनिधि सभा विघटनविरुध्दको रिटमा जारी बहस आजका लागि सकियोः ५ अधिवक्ताले बहस गरे

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०३:४८

काठमाडौंः प्रतिनिधि सभा विघटनविरुध्दको सर्वोच्च अदालतमा परेको रिटमा जारी बहस मंगलबारका लागि सकिएको छ ।

National Life

मंगलबार रिट निवेदकका तर्फबाट ५ अधिवक्ताले बहस गरेसँगै हेर्दाहेर्दैमा राख्दै फुन भोलीका लागि सारिएको हो ।

आज बहस गर्ने अधिवक्ताहरुमा शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवाली रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बहसमा अधिवक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका थिए । पदका लागि व्यवस्था मास्‍न नमिल्ने भन्दै अधिवक्ताहरूले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका थिए ।

त्यसअघि सोमबार अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल पोखरेल, बद्री भट्ट र सन्तोष भण्डारीले बहस गरेका थिए ।

प्रतिकृया