• ९ असोज २०८३, शुक्रबार
  • १२ः२६ राती

तपाईहरु ढुक्क हुनुस् अब हामी अगाडि बढछौं: प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०५:१२

काठमाडौंः नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई ढुक्क भएर अगाडी बढ्न आग्रह गरेका छन् ।

National Life

आइतबार अन्तरपार्टी महिलासँगद्धारा आज काठमाडौंमा आयोजित केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिकृया दिएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टीमा अनुशासनहीन, अराजक, षड्यन्त्रै षड्यन्त्रको पोको जस्तो डरलाग्दोे बन्दै गएको थियो त्यसलाई सफाई गर्नु जरुरी थियो तर उनीहरु आफै निस्किएर गए, तपाईहरु ढुक्क हुनुस अब हामी अगाडि बढछौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीलाई बन्नै नदिने, तीन बर्ष सिंगै पार्टीका सवै सँगठनहरु असंगठित अस्तव्यस्त हुने, एकले भनेको अर्कोले नमान्ने, चलाउने एक ठाउँबाट भए पो मान्नु भन्दै उनले एकिकृत भएर पार्टी अगाडि बढनै सकेन, सरकारले कुनै निर्णय गर्न खोज्दा निर्णय गर्नै नदिने, सधै कुहिरोको काग जस्तो बनाएर पार्टी चल्छ ?भन्दै प्रश्न गरे ।

फरक प्रसंगमा उनले राजालाई दाम चढाउन जानेले आजभोलि राष्ट्रपतिमाथि हमाला गर्न थालेको बताएका छन् ।

उनले भने,‘राजालाई पशुपतिनाथको मन्दिर हो कि जस्तो गरि वरिपरी घुम्दै, प्रभु भन्दै पाउमा दाम चढाउन जानेले गणतन्त्रमा राष्ट्रपतिमाथि हमला गरे ।’

लोकतन्त्रका बिरुद्ध, गणतन्त्रका बिरुद्ध, जनताले प्राप्त गरेका अधिकारका बिरुद्ध हमला भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले थपे, यदि गल्ती छ भने मेरो छ, म त्यसमा जतिपनि बहस गर्न सक्छु तर राष्ट्रको गरिमामय संस्थामाथी मर्यादा नराखी जथाभावी आक्रमण गर्नु निन्दनीय छ ।

 

 

 

प्रतिकृया