• १२ असोज २०८३, सोमबार
  • ८ः३७ राती

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०५:३२

कास्कीः जिल्ला प्रहरी कार्यालय कास्की मातहत ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम शिशुवा कास्कीको हाताभित्र नवनिर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरिएको छ ।

National Life

भवन प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले भवनको उद्घाटन गरेका हुन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने गरेका हिंसाका घटना तथा अपराध अनुसन्धानमा चुस्तता ल्याउन तथा बालबालिकाहरुलाई सोधपुछ तथा अनुसन्धान गर्नको लागि बालबालिका मैत्री वातावरण तयार गरी प्रहरी कामकारवाहीमा चुस्तदुरुस्त, छिटोछरितो रुपमा सम्पन्न गर्नको लागि टेवा पुर्‍याउने उद्देश्यका साथ यो केन्द्रको स्थापना गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

केन्द्र स्थापनाको लागि स्थानीय स्तरबाट कृष्णहरी भण्डारीको अध्यक्षतामा निर्माण समिति गठन गरी बिभिन्न संघ संस्था, ब्यक्ति तथा प्रहरी श्रमदानबाट ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम शिशुवा कास्कीको हाताभित्र ३ कोठे पक्की भवन निर्माण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले नागरिक र प्रहरी मिलेर नै समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न सकिने भन्दै भवन निर्माण तथा अन्य श्रोतसाधनहरुको निर्माण गरी प्रहरी सेवा प्रवाहलाई सहजता प्रदान गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।

प्रतिकृया