• १४ असोज २०८३, बुधबार
  • ५ः५१ बेलुका

संसद विघटनविरुद्धको रिटमा सुनुवाई सुरु

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०१:०५

काठमाण्डु: प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

National Life

न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि सपना मल्ल प्रधानलाई थपिएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलासमा अब मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

अहिले यो मुद्दा किन बृहत पूर्ण इजलासमा भन्ने बहस सुरु भएको छ । १३ जना रिट निवेदकले नै यो मुद्दा बृहत पूर्ण इजलासमा लैजान माग गर्दै लिखित निवेदन नै दिएका छन् ।

आज बुधबार ५ जनाले बहस गर्नेछन् । बहसका लागि एक घण्टाको समय छुट्याइएको छ ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बृहत पूर्ण इजलासमा असहमति जनाएका छन् ।

प्रतिकृया