माधव नेपालले खोले ओलीको पोलः ‘पार्टीको नामबाट कम्युनिष्ट हटाऔं’
प्रकाशित मिति
२०७७ पुष २८ गते, मंगलवार ०७:०८
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विगतमा पार्टीको नामबाट कम्युनिस्ट हटाउन प्रस्ताव गरेको नयाँ खुलासा गरेका छन् ।
मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो खुलासा गरेका हुन् ।
उनले भने, ‘उहाँ कम्युनिस्ट चरित्र भएको व्यक्ति होइन । उहाँले म महासचिव हुँदा पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाउन प्रस्ताव गर्नुभएको थियो । मैले त्यसलाई अस्वीकार गरेको हो । कुनै दिन उहाँले कम्युनिस्ट त्यागेको घोषणा गर्न सक्नुहुन्छ । त्यो दिन आयो भनेपनि अचम्म मान्नुपर्दैन ।
प्रधानमन्त्री ओली कम्युनिस्ट पार्टीभन्दा पनि गुट निर्माणमा खप्पिस रहेको उनले आरोप लगाए । साथै अध्यक्ष नेपालले पार्टीको चुनाव चिह्न सूर्यमा कर्केनजरसमेत नलगाउन ओलीलाई चेतावनी दिए ।







प्रतिकृया