• ३ असोज २०८३, शनिबार
  • ५ः३६ बेलुका

घुस लिने प्रहरी हवल्दार पक्राउ

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०६:३३

काठमाडौंः ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादवले घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ ।

National Life

.अख्तियारले हवल्दार यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ६ हजार घुस लिएको आरोपमा नियन्त्रण लिएको हो ।

हवल्दार यादवले रकम लिएर खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित दुबै जनालाई हरिनगर-४ हरिनगरा बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया