• ३ असोज २०८३, शनिबार
  • ४ः४८ बेलुका

सर्लाहीको हरिवनमा आगलागी हुँदा करोडौंको क्षति

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०७:४१

सर्लाही: सर्लाहीको हरिवनमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

National Life

बिहीबार राति हरियवन नगरपालिका वडा नं.११ बजारमा बिहिवार राती करिब १२ बजेकाे समयमा आगलागि भएकाे हाे ।

बिद्युत सर्ट सर्किटका कारण आगलागि हुँदा बजारमा अवस्थित पाँच वटा पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएकाे प्रहरीले बताएकाे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राती १२ बजेबाट भएकाे आगलागिबाट हरियवन बजार स्थित राेहित किराना पसल , माेहन फैन्सी स्टाेर , सुमित्रा गल्ला भण्डार , लक्ष्मी गल्ला भण्डार र ढुङ्गाना बाजेकाे डाेरीकाे पसल जलेर पूर्ण रूपमा नष्ट भएकाे हाे ।

हरियवन नगरपालिकाबाट अाएकाे वरूण यन्त्र , स्थानीय बासी , नेपाल प्रहरी , सशस्त्र प्रहरीकाे सहयोगमा ३ घण्टाकाे प्रयासमा अागाेलाई नियन्त्रणमा लिईएकाे प्रत्यदर्शीहरूले बताएका छन् ।

राेहित किराना पसलमा रहेकाे दाल , चामल , चिनी , नुन , तेल , चिउरा , घ्यू लगायतकाे ५० लाख रूपैंयाँ मूल्य बराबरकाे दैनिक उपभाेग्य बस्तुहरू पूर्ण रूपमा नष्ट भएकाे प्राेपराईटर मनाेज साहले बताए ।

त्यस्तै , सुमित्रा गल्ला भण्डार र लक्ष्मी गल्ला भण्डारमा रहेकाे करिब ६५ लाख रूपैंयाँ मूल्य बराबरकाे दैनिक उपभाेग्य बस्तुहरू पनि जलेर नष्ट भएकाे उनिहरूले बताएका छन् ।

भने माेहन फैन्सी स्टाेरमा रहेकाे करिब २५ लाख रूपैंयाँ मूल्य बराबरको रेडिमेड कपडाहरू पूर्ण रूपमा जलेर नष्ट भएकाे छ । भने ढुङ्गाना बजेकाे डाेरीकाे पसलमा रहेकाे ५ लाख रूपैयाँ मूल्य बराबरको सम्पत्तिमा क्षेती पुगेकाे छ ।

आगलागि कसरी भएकाे बारेका अहिले अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ

प्रतिकृया